काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले साउन १ गते फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपाल (एफएमएएन)का पदाधिकारीसँग गरेको भेटपछि दिएको निर्देशनअनुसार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज एसोसिएसनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।
भेटघाटमा नेपाली युवाका लागि फुटवेयर उद्योगमा आवश्यक पर्ने सीपयुक्त जनशक्ति उत्पादन, सीप विकास, तालिम तथा रोजगारीका अवसर विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। साथै, विगतका सीप, तालिम तथा रोजगार कार्यक्रमबाट हासिल भएका अनुभव र सिकाइका आधारमा आगामी दिनमा प्रभावकारी सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको थियो।
छलफलका क्रममा मन्त्री यादवले सरकारको ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ अभियानलाई सफल बनाउन फुटवेयर उद्योगसहित निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाइने बताउनुभयो।
सरकारले मर्यादित श्रमको वातावरण सिर्जना गर्दै स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्रालयले यस्तो संवादले रोजगारी प्रवर्द्धन र श्रम प्रणालीलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता