नेपाल जागरण : एक बालेन
यो देश बिग्रिएको भाषणले होइन, सम्झौताले हो । हरेक चुनावपछि “अब के गर्ने?” भनेर चुप लागेर बस्ने संस्कृतिले हो ।
बालेन शाह त्यही चुप्पीको इन्कार हुन् ।
उहाँ आएर के गरे? सिस्टम मिलाएनन्। नेतालाई खुशी पारेनन्। दलालसँग हात मिलाएनन्।
उहाँले सिधै भने कि “नियम भनेको सबैका लागि हो।”
यही वाक्य पुरानो राजनीतिका लागि सबैभन्दा खतरनाक नारा बन्यो ।
आज युवालाई भनिन्छ कि “धैर्य गर, सिस्टम यस्तै हो।”
बालेनले भने कि “सिस्टम बदल, यस्तै नमान।” त्यसैले बालेनमाथि हमला भयो । कहिले तानाशाही, कहिले अहंकारी, कहिले असभ्य ।
तर सत्य के हो भने यो देशमा इमानदार मान्छे असभ्य देखिन्छ किनकि यहाँ झुक्न जान्नेलाई मात्र सभ्य भनिन्छ । बालेनले सिकाएको कुरा मेयरशिप होइन, एउटा चेतावनी हो । यदि एक जना स्वतन्त्र युवकले सत्ता हल्लाउन सक्छ भने, हामी किन डराएर बस्ने?
बालेन नेता होइन । उहाँ एउटा संकेत मात्र हो । कि अब युवाले पोस्ट होइन, पोजिसन होइन, जिम्मेवारी खोज्नुपर्छ।
यो चुनाव झण्डाको होइन । यो चुनाव नझुक्ने संस्कृतिको हो । यदि बालेन गलत भए, आलोचना गर । चेतनाको दासत्व स्विकार नगर । उहाँलाई चुप गराउन खोज्नु भनेको फेरि पुरानै दलदल फर्किनु हो ।
युवा हो भने यो प्रश्न सोध, बालेन गलत छ कि हामी वर्षौँदेखि गलतलाई सहँदै आएका थियौँ ?
यही प्रश्नबाट नेपाल जागरण सुरुवात सहुन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर