काठमाडौँ । संघीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक आगामी भदौ ८ गतेका लागि तय भएको छ भने राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएको छ। सोही कारण आज एकैपटक धेरै संसदीय समितिका बैठक बस्न लागेका हुन्।
कार्यक्रमअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ।
उक्त छलफलमा अर्थमन्त्री र अर्थ सचिवलाई आमन्त्रण गरिएको छ। समितिले विधेयकका विभिन्न प्रावधानबारे छलफल गर्दै आवश्यक सुझाव तथा निष्कर्ष अघि बढाउनेछ।
आज बस्ने अन्य संसदीय समितिका बैठकमा पनि सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने संसद् सचिवालयले जनाएको छ।
४ भदौ २०८३, बिहिबार ०७:२० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता