सिंहदरबारमा खुल्यो खाद्य कम्पनीको बिक्री कक्ष, मन्त्री यादवद्वारा उद्घाटन


काठमाडौं । सिंहदरबार परिसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री कक्ष सञ्चालनमा आएको छ। बिक्री कक्षको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले गर्नुभएको हो।


सिंहदरबारमै सर्वसाधारण तथा कर्मचारीलाई आवश्यक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।


बिक्री कक्षमार्फत गुणस्तरीय खाद्य सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यसले उपभोक्तालाई बजारमा हुने मूल्य असन्तुलनबाट राहत दिन तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी दिनमा बिक्री कक्षको सेवा विस्तार गर्दै उपभोक्तामैत्री आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ।


आमा दर्शन न्यूज

खोज सत्य, तथ्य र समाचार

प्रतिक्रिया