काठमाडौं -बुधबार साँझ साढे सात बजे महानगर प्रहरी
उपरीक्षक मनोज लामिछानेको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप
भएको हो।
झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका
छन्।
धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा उक्त घटना भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
१६ फाल्गुण २०८०, बुधबार १०:४२ मा प्रकाशित