काठमाडौँ, ११ नोभेम्बर – काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर (OT) निर्माण र आवश्यक उपकरण जडानका लागि सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौतामा अस्पतालले मोडुलर OT निर्माणका लागि लागत अनुमान तयार गर्ने र ५ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च आएमा त्यसको दायित्व अस्पतालकै हुने प्रावधान राखिएको छ।
सम्झौताअनुसार, अस्पतालले निर्माणका लागि आवश्यक ड्रइङ् डिजाइन तयार गर्न र खुला बोलपत्र आव्हान गर्ने, मूल्याङ्कन गर्ने तथा निर्माण कार्यका लागि ठेकेदार चयन गर्ने दायित्व पाउनेछ। यसरी तयार भएको संरचनाको अनुगमन र गुणस्तरको सुनिश्चितता काठमाडौँ महानगरपालिकाले गर्नेछ।
महानगरपालिका प्रगतिका आधारमा तीन किस्तामा रकम उपलब्ध गराउने छ, र यो रकम नेपाल सरकार वा अन्य निकायबाट प्राप्त रकमसँग दोहोरो नहुने कुरा सुनिश्चित गरिनेछ। यस निर्णयले कान्ति बाल अस्पतालमा बालबालिकाहरूको सर्जिकल उपचारमा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
कान्ति बाल अस्पतालमा नयाँ मोडुलर अपरेसन थियटर निर्माण कार्य सुरु भएपछि, अस्पतालको सर्जिकल सुविधामा महत्वपूर्ण सुधार आउने विश्वास गरिएको छ, जसले अस्पतालको सेवा क्षमता र दक्षता वृद्धि गर्नमा मद्दत पुर्याउने छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय