राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल को आध्यात्मिक जगतमा एकताको दिब्य सन्देश । प्रेस विज्ञप्ति

।विश्व आध्यात्मिक जगतमा एकताको दिब्य सन्देश ।। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल नयाँबानेश्वर, काठमाडौंद्वारा आयोजना हुँदै गरेको "हिमवत खण्ड नेपाल माहात्म्य २०८१ " र श्री मानव सेवा फाउण्डेसन, नेपाल (काठमाडौं) द्वारा आयोजना हुँदै गरेको  ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ दुबै कार्यक्रम २०८१ श्रावण १ गते देखि ३२ गते सम्म पशुपतिनाथ क्षेत्रमा आयोजना हुँदै गर्दा आयोजक संस्थाहरुको मर्म र  लक्ष्यलाई मध्यनजर गरि विश्व आध्यात्मिक जगतमा नै एकताको  दिब्य सन्देश स्वरुप एक साथ सभ्य र भब्य रुपमा ऐतिहासिक महायज्ञ सम्पन्न गर्न दुबै सँस्था प्रतिवद्व भएको घोषण गर्दछौं।  हिमवत्खण्ड नेपाल माहात्म्य तथा  गौरक्षा अखण्ड हवनलाई विशेष महत्वका साथ सम्पन्न गर्ने गरि  "श्री पशुपति कोटिहोम नेपाल माहात्म्य तथा  १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ" नामाकरण गरि ऐक्यबद्धताको दिब्य सन्देश स्वरुप यो प्रेस विज्ञप्ति जारी गरिएको छ । यस ऐतिहासिक महायज्ञमा कार्यक्रमको सफलताको शुभकामना प्रदान गर्नुहुने विभिन्न मठ मन्दिरका पिठाधिष, मठाधिश अग्रज आध्यात्मिक अभियान्ता, सम्पूर्ण गौभक्त, देशभक्त तथा धर्म अनुरागी महानुभावहरुको उपस्थिति प्रार्थनिय हुनेछ । हरिकृष्ण दाहाल प्रचार प्रसार बिभाग प्रमुख नेपाल माहात्म्य २०८१ तथा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल परिवार


प्रतिक्रिया