नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेट लाइन महशुल विवादमा पत्रकार सम्मेलन बोलाए

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेट तथा ट्रंक लाइनको विद्युत महशुल सम्बन्धमा बढ्दो विवादका कारण आज पत्रकार सम्मेलनको आयोजना गरेका छन्। पत्रकार सम्मेलन दिउँसो २ बजे प्राधिकरणको केन्द्रिय कार्यालयमा हुनेछ।


आइतबार बसेको मन्त्रिपरिषद बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै उद्योगहरूमा काटिएको लाइन पुन: जोड्न र टिओडी मिटरको आधारमा विद्युत महशुल संकलन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार मंगलबार प्राधिकरणको सञ्चालक समितिले उद्योगहरूमा लाइन जोड्न र १५ दिनभित्र महशुल संकलन गर्न निर्णय गरेको छ।


तर, कार्यकारी निर्देशक घिसिङले यस निर्णयप्रति असहमति जनाउँदै सरकार र बोर्ड बैठकको निर्णयको विरुद्धमा उभिएका छन्। उनले सरकारको निर्णयले उद्योगहरूको महशुल घटाउने तर प्राधिकरणलाई आर्थिक भार पर्ने भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।


यो विवादले उद्योगीहरूमा राहत भए पनि प्राधिकरणमा आन्तरिक मतभेद र विभाजन बढ्न सक्ने संकेत देखाएको छ।

प्रतिक्रिया