भारतीय सुरक्षा स्रोतका अनुसार बुधबार राति पाकिस्तानतर्फबाट जम्मु क्षेत्रमाथि गरिएको ड्रोन आक्रमणलाई भारतीय सुरक्षाकर्मीले सफलतापूर्वक निस्तेज गरेका छन्।
राति करिब ८ बजे सुरु भएको आक्रमणमा जम्मुको विमानस्थललाई मुख्य निशाना बनाइएको थियो। सुरक्षास्रोतका अनुसार भारतीय वायु सेनाले रूसबाट प्राप्त अत्याधुनिक एस-४०० मिसाइल रक्षा प्रणाली प्रयोग गरी आक्रमणमा प्रयोग गरिएका सबै ड्रोनहरूलाई खसाल्न सफल भएको छ।
ड्रोन आक्रमण सुरु भएपछि सम्पूर्ण जम्मु क्षेत्रमा विद्युत् सेवा बन्द गरी ब्ल्याकआउट गरिएको थियो। यसैबीच, आरएसपुरा सेक्टरमा ठूलो संख्यामा ड्रोन देखिएको र त्यहाँका स्थानीय बासिन्दाले विभिन्न स्थानमा विस्फोटको आवाज सुनेको बताएका छन्। सुरक्षा अधिकारीहरूले पाकिस्तानतर्फबाट भारी मात्रामा गोला–बारुदसमेत प्रहार भएको पुष्टि गरेका छन्।
हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। भारतीय सुरक्षाबलले संभावित थप आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै निगरानी कडा पारेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार