अहमदाबाद विमानस्थलनजिकै ‘एयर इन्डिया’को विमान दुर्घटना, करिब २९० यात्रु सवार

अहमदाबाद, भारत —अहमदाबाद विमानस्थल नजिकै ‘एयर इन्डिया’को एक अन्तर्राष्ट्रिय उडानका लागि तयारी अवस्थामा रहेको विमान दुर्घटनामा परेको छ। भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’का अनुसार उक्त विमान लन्डन उडान भर्ने तयारीमा रहँदा अप्रत्याशित रूपमा दुर्घटनामा परेको हो।

विमानमा करिब २९० यात्रु सवार रहेको जनाइएको छ। हालसम्म यात्रुहरूबारे विस्तृत विवरण प्राप्त नभए पनि उद्धार कार्य जारी रहेको बताइएको छ।

दुर्घटनापछि घटनास्थलमा दमकल टोली र आपतकालीन प्रतिक्रिया समूह तैनाथ गरिएको छ। उद्धार तथा राहत कार्य तीव्र पारिएको छ भने घाइतेको खोजी तथा उपचारका लागि नजिकका अस्पतालहरूमा सतर्कता अपनाइएको छ।

हालसम्म दुर्घटनाको ठोस कारण खुल्न सकेको छैन, तर प्रारम्भिक अनुमान अनुसार प्रविधिक गडबडी वा अवतरण प्रक्रियामा समस्या आएको हुन सक्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया