सरब कुमार महर्जन कीर्तिपुरको माटोमा उम्रिएको सेवा र समर्पणको गाथा हो । सरब अर्थात सम्पुर्ण ज्ञानले सबैको कल्याण चाहने सर्वव्यापी हुने स्वच्छ आत्मा भन्दा नि फरक सार प्रस्तुत हुनेछैन् । लक्ष्यले खोज्ने शिखरमा निरन्तर स्वछ्न्द हावा झै बहनु सफल विचार हुन् । मनुष्य सबै राम्रा नै हुन्छन् उसले गर्ने व्यवहारले खराब बनाउने हुन् सैद्धान्तिक स्वरुपको सरब कुमार महर्जन हुन् ।
वि.सं. २०२९ साल असोज २९ गते, कीर्तिपुर नगरपालिका वडा नं. ८ पांगा भुजिन्द टोलको न्यानो माटोमा एक शिशु जसको पिता श्री धनकृष्ण महर्जनको आँगनमा, आमा श्रीमती गंगामाया महर्जनको कोखबाट जन्म भयो । आँखाको तारा, हृदयको ढुकढुकी बनेको उक्त त्यो शिशु आजको सरब कुमार महर्जन हुन् भने सोही व्यक्तिको आज कीर्तिपुरको गल्ली, गल्लीमा सेवा र संघर्षको सुगन्ध बनी छरिरहेको छ ।
बाल्यकालदेखि नै समाजका पीडा र सम्भावनालाई गहिरो नजरले हेर्ने उहाँको दृष्टि समयसँगै परिपक्व हुँदै गएको देखिन्छ । श्रीमती चन्द्रमाया महर्जनलाई एकमुखी रुद्राक्षको रुपमा धारण गरेपछी(विवाहपछि) र सुपुत्र श्री निश्चल महर्जनसँगै उहाँको संसार प्रेम, जिम्मेवारी र उद्देश्यको त्रिवेणी बनेर बगिरहेको आभास गर्न सकिन्छ ।
शिक्षा यात्रामा मानविकी संकायमा स्नातक (अंग्रेजी र पत्रकारिता)को ज्ञान–बीज रोपेर अहिले अंग्रेजीमा स्नातकोत्तर अध्ययनको हरियो बिरुवा हुर्काउँदै हुनुहुन्छ । कलमलाई हातमा लिएपछि उहाँको आवाज ‘कीर्तिपुर दर्पण’ साप्ताहिकको पानामा गुञ्जिएका छन् जहाँ समाजका मुद्दा, सहरका सपना र नागरिकका स्वर एकसाथ जीवित देखिन्छन् ।
राजनीतिक रंगमञ्चमा उहाँको प्रवेश २०५४ सालमा भएको थियो । तर राजनीतिमा विद्धार्थीकालदेखि अखिल पाँचौमा वि.सं. २०४० सालदेखि लागी परेका वि.सं. २०४६ सालको एस एल सि जाँचपछि २०४६ सालको संयूक्त जन आन्दोलनको क्रममा वि.सं.२०४६ फागुन ७ बाट शुरू भएको आन्दोलनमा ७ गते नै पक्राउ भै १५ दिन हिरासत पर्नुभएको थियो । राजा ज्ञानेन्द्रले कूल गरेको बेला स्थानीय विकास राज्यमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वकीय सहायक सचिवको रूपमा काम गर्ने अवसर पनि प्राप्त भएको थप्दै गत २०८१ सालको स्थानीय तहको उप निर्वाचनमा कीर्तिपुरको निर्वाचन परिचालन कमिटीको संयोजक भै काम गरेको अनुभव पनि सार्वजनिक गर्न चाहेको बताउनुहुन्छ ।
जनताको विश्वासको मतपत्रले उहाँलाई कीर्तिपुर नगरपालिका वडा नं. १० का निर्वाचित वडा अध्यक्ष बनाएको थियो । त्यस दिनदेखि आजसम्म उहाँको राजनीतिक यात्रा कुनै व्यक्तिगत महत्वाकांक्षाको नभईकन बरु सामूहिक हित र विकासको दीप जलाउने प्रणको कथा सरि बलिरहेको छ । अहिले उहाँ नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा कीर्तिपुर नगर कमिटी इञ्चार्जको जिम्मेवारीमा रहि, कीर्तिपुरको मुटुमा परिवर्तनको धड्कन बनी धड्की रहेको छ जहाँ ईर्ष्याको अन्त्य भई एकताको प्रतिबिम्ब हुनेछ । सिद्धान्तलाई व्यवहारिक बनाउने यात्रामा उहाँ होमिरहनु भएको छ ।
उहाँ आवद्ध संघसंस्था यसप्रकार छन् :
कीर्तिपुर फोहर व्यवस्थापन सेवा प्रा. लि.को कार्यकारी निर्देशकको रूपमा सहरको स्वच्छता र वातावरणको शुद्धतामा जीवन समर्पित।
सेतो गुराँस बालविकास केन्द्रको अध्यक्षको रूपमा बालबालिकाको भविष्यमा आशाको रंग भरिरहने प्रयासमा ।
महबुं शीतल पाखा टोल विकास संस्थाका उपाध्यक्षको रूपमा समुदायको मुहार उज्यालो बनाउने अभियान ।
पांगा बहुउद्देश्यीय सहकारी संस्था लि.का संस्थापक सचिव र हाल उपाध्यक्षको रूपमा आर्थिक सशक्तिकरणमा अग्रणी ।
शहिद स्मारक कलेजको सदस्य ।
उहाँको जीवन केवल पद र परिचयको सूची मात्र होईन्, यो एक अविराम यात्रा हो, जहाँ विकास, निर्माण, वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनका गुच्छाहरूले एक समुन्नत सहरको सपनालाई आकार दिइरहेको छ ।
अन्तमा, राजनीतिक प्रतिबद्धतामा समाजसेवाको उर्जा मिसाएर एक स्वच्छ, सभ्य र सम्पन्न कीर्तिपुर निर्माण गर्ने लक्ष्य उहाँले लिनुभएको छ भन्दा खासै फरक नपर्ला । सरब कुमार महर्जन केवल एउटा नामको इतिहास होईन्, यो त कीर्तिपुरको माटो, मानिस र भविष्यप्रतिको अटुट प्रेमको जीवन्त प्रमाण हो । सरब कुमार महर्जन समाजकै लागि आवश्यक सद्भाव विचार हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर