नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर बाँडफाँडपछि अवितरित बनेका सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ। बैंकले असोज २ देखि कात्तिक ९ गतेसम्म निष्काशन गरेको हकप्रदमा अवितरित रहेका ६ लाख २१ हजार ६०६ कित्ता सेयर खुला लिलामीका लागि सार्वजनिक गरेको हो।
अवितरित सेयरमध्ये
• ६ लाख ३ हजार १६२ कित्ता संस्थापक समूहतर्फ,
• १८ हजार ४४४ कित्ता सर्वसाधारण समूहतर्फ रहेका छन्।
बैंकका अनुसार लिलामीमा जो कोही इच्छुक लगानीकर्ता सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। लिलामीमा राखिएका सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले कम्तीमा १०० कित्तादेखि अधिकतम उपलब्ध सबै सेयरसम्मका लागि बोलकबोल गर्न सक्नेछन्।
बोलपत्र मंसिर ११ गतेदेखि २५ गते भित्र बुझाउनुपर्नेछ। लिलामी बोलपत्र फाराम ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं तथा ग्लोबल आइएमई बैंकका विराटनगर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरो–पोखरा, वुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखाबाट प्राप्त तथा बुझाउन सकिने बैंकले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़