मौद्रिक नीति पछि खुलेको शेयर बजार ओरालो मा

                                                                                                                                                                                                                                                                                                                       

नेपाल राष्ट्र बैंकले सोमबार (हिजो) सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लगानीकर्ताको अपेक्षा अनुसार आउन नसक्दा लगानीकर्ता निराश बनेका छन् । लगानीकर्ता अपेक्षा पूरा हुन नसकेको संकेत मौद्रिक नीतिपछि पहिलो पल्ट आज खुलेको शेयर बजारले पनि देखाएको छ ।

मौद्रिक नीति पछि खुलेको शेयर बजार ओरालो लाग्न पुगेको छ । यो समाचार तयार गर्दासम्म नेप्से दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिले संस्थागत निक्षेपकर्तालाई एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था बाहेक अन्य व्यवस्था नगरेकोले लगानीकर्ता निराश बनेका हुन् ।

मौद्रिक नीतिको समीक्षामा ‘संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिनेछ,’ भनिएको छ । यसअघि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर २ प्रतिशत थियो

प्रतिक्रिया