काठमाडौँ । सिरहामा स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक व्यक्ति पक्राउ परेका छन्। बरियारपट्टी गाउँपालिका–२ बाट सात लाख रूपैयाँ सहित सोही गाउँपालिका–३ बस्ने ४६ वर्षीय दिनेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर–३२ ए डब्लू ८३७७ नम्बरको स्कुटरमा सवार महतोलाई मंगलबार दिउँसो रोकजाँचका क्रममा पक्राउ गरेको हो।
प्रहरीका अनुसार महतोलाई नगद रकमको स्रोत खुलाउन नसकेको आधारमा नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।
२४ मङ्सिर २०८२, मङ्गलबार ०९:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता