मस्को विमानस्थलमा ड्रोन आक्रमण : भारतीय सांसदहरू सवार विमान मुस्किलले जोगियो

काठमाडौं, वैशाख १० — भारतका सांसद र वरिष्ठ कूटनीतिज्ञसहितको प्रतिनिधिमण्डल लिएर रूसतर्फ गइरहेको विमान मस्को विमानस्थलमा युक्रेनी ड्रोन आक्रमणबाट मुस्किलले जोगिएको छ। भारतीय संसदको डीएमके पार्टीकी सांसद कनिमोझीसहितको विमान आक्रमणका कारण लामो समयसम्म मस्को विमानस्थलको आकाशमा घुमिरह्यो।


मस्को विमानस्थलमा ड्रोन आक्रमणका कारण सुरक्षाको मूल्याङ्कनका लागि विमानलाई अवतरण अनुमति दिइएन। धेरै घण्टासम्मको ढिलाइपछि अन्ततः विमान सुरक्षित रूपमा अवतरण गर्न सफल भयो।


भारत सरकारद्वारा सञ्चालनमा ल्याइएको ‘अपरेशन सिन्दूर’ अन्तर्गत विभिन्न देशहरूमा भारतको धारणा स्पष्ट गर्न यो प्रतिनिधिमण्डल पठाइएको हो। ८ सदस्यीय प्रतिनिधिमण्डलमा विभिन्न राजनीतिक दलका सांसद र पूर्व राजदूतहरू छन्।


प्रतिनिधिमण्डलमा सहभागीहरू:

कनिमोझी – सांसद, डीएमके (नेतृत्वकर्ता)

राजीव राई – सांसद, समाजवादी पार्टी

मियाँ अल्ताफ अहमद – सांसद, जम्मु कश्मीर नेशनल कन्फरेन्स

प्रेमचन्द गुप्ता – सांसद, आरजेडी

क्याप्टेन ब्रिजेश चोटा – सांसद, भाजपा

अशोक कुमार मित्तल – सांसद, आम आदमी पार्टी

मञ्जीव सिंह पुरी – पूर्व राजदूत

जावेद अशरफ – पूर्व राजदूत


यो प्रतिनिधिमण्डल मे २२ मा भारतबाट रूस प्रस्थान गरेको थियो। युक्रेनी ड्रोन आक्रमणबारे रूसी अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् भने भारतले आफ्ना प्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न उच्च सतर्कता अपनाएको छ।


— Aama Darshan News Desk

प्रतिक्रिया