मुस्ताङको कोवाङमा मंसिर ८ र ९ गते राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता हुँने

जोमसोम—कोभिड तथा अन्य विविध कारणले आयोजना हुन नसकेको राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता मुस्ताङको थासाङ—२ कोवाङमा आयोजना गरिने भएको छ । जनआदर्श अमसिंह माध्यमिक विद्यालयमा मंसिर ८ र ९ गते प्रतियोगिता संञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति मुस्ताङले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति मुस्ताङका अध्यक्ष अजित थकालीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगितामा जिल्लाका  एक निजी माध्यमिक विद्यालयसहित ७ वटा सामुदायिक माध्यमिक विद्यालयको सहभागिता रहने बताईएको छ ।

बैठकले राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता अन्तर्गत  छात्रा÷छात्रा भलिबल प्रतियोगिताका साथै सय ,२ सय, ४ सय ,८ सय र १५ सय मिटर छात्र÷छात्रा दौड प्रतियोगिता हुनेछ ।

यसैगरी रनिङ शील्ड अन्तर्गत सय,२ सय, ४ सय र ८ सय मिटर छात्रा÷छात्रा रिले दौड प्रतियोगिता समावेश गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिको बैठकले राष्ट्रपति रनिङ शील्डका लागि मुस्ताङबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई प्रमुख अतिथि र विशिष्ठ अतिथिको रुपमा आमन्त्रण गर्ने निर्णय गरेको छ । बैठकमा जिल्लाका माध्यमिक तहका प्रधानाध्यापक तथा प्रतिनिधि र संम्वन्धित स्थानीय तहका शिक्षा शाखा प्रतिनिधिहरुको सहभागिता रहेको जनाईएको छ ।


प्रतिक्रिया