काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर एक महत्त्वपूर्ण दाबी गरेका छन्। फ्रान्सको राजधानी पेरिसमा आयोजित एक अन्तर्वार्ताका क्रममा उनले पुटिनको स्वास्थ्य अवस्था कमजोर रहेको संकेत गर्दै चाँडै नै उनको मृत्यु हुने सम्भावना व्यक्त गरेका छन्।
जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, “पुटिन चाँडै मर्नेछन्, त्यसपछि युद्धको पनि अन्त्य हुनेछ।”
पछिल्ला महिनाहरूमा रुसी राष्ट्रपतिको स्वास्थ्य अवस्थासम्बन्धी विभिन्न अड्कलहरू सार्वजनिक भएका छन्। केही रिपोर्टहरूमा पुटिनलाई निरन्तर खोकी लाग्ने, हात तथा खुट्टामा कम्पन देखिने र उनी अस्वस्थ रहेको दाबी गरिएको छ। यद्यपि, यस्ता अड्कलहरूको आधिकारिक पुष्टि भने भएको छैन।
युक्रेन–रुस युद्ध हालसम्म दुई वर्षभन्दा बढी समयदेखि जारी छ। यसबीच, युद्ध अन्त्यका लागि विभिन्न कूटनीतिक पहलहरू भए पनि उल्लेखनीय प्रगति हुन सकेको छैन। यदि जेलेन्स्कीको दाबी सही सावित भएमा, यो घटनाले पूर्वी युरोपको राजनीतिक परिस्थितिमा ठुलो परिवर्तन ल्याउन सक्ने अनुमान गरिएको छ।
रुसी सरकार वा राष्ट्रपति पुटिनको तर्फबाट भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता