नेपालको मौलिक खेल बाघचाल कीर्तिपुर मा।

नेपालको मौलिक खेल बाघचाल कीर्तिपुरको नगरमण्डप विहारसँगैको जस्लाई सोह्र खुट्टे पाटी भनिन्छ जहाँ प्राय: ७० वर्ष उमेर काटेका ज्येष्ठ नागरिक अति नै रोमान्चित हुँदै खेलको देख्न पाईन्छन् । एक प्रकारको उर्जा शक्ति प्रवाह गर्ने खेलको रुप मनन गर्न सकिन्छ भने उक्त खेललाई प्रतियोगिताको रुप गत वर्ष सघाउ नेपाल गरेको थियो भने त्यसको प्रायोजक अनक कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष श्रीराम महर्जन ज्युले गर्नु भएको थियो । उक्त खेलले सामाजिक रुपमा मनुष्य विकसित भयो भने चारैतिरबाट आउने आउन सक्ने खतरामाथी विजय प्राप्त गर्न सकिन्छ भन्नू नै हो । हाल यो खेल युवापुस्तामा पनि लोकप्रिय छ । तर यसको संरक्षण र प्रवर्द्धन राज्यले गर्नुपर्ने राज्य स्वयम् मौन र मुकदर्शक बन्न रमेका छ्न् ।


आवरण देखिएको अनुहार कीर्तिपुर ९ मुगल्छे टोल अवस्थित गायाचा महर्जन हुन् भने हाल उहाँ ८६ वर्षको हुनुपर्छ । एक लक्का जवानले खेल्दा जति जोश देखाउनुहुन्छ त्यो भन्दा बढी फुर्ती जुक्ति उहाँमा यहि खेलकै कारण छ र देख्न पनि पाईन्छ । 


बाघचाल खेलमा सम्बन्धित निकायको ध्यान पुगोस् । यहि कामना छ ।

प्रतिक्रिया