नयाँ दिल्ली, भारत – Aama Darshan News | २०८२ बैशाख ११ गते
जम्मू-कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा र निर्णायक कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिला समन्वय समितिको (CCS) आपतकालीन बैठकले पाकिस्तानसँग कूटनीतिक, भिसा, जलस्रोत र सीमा सम्बन्धी सबै प्रमुख सम्बन्धहरू तत्काल प्रभावबाट रोक्ने निर्णय गरेको छ।
बैठकमा गरिएका प्रमुख निर्णयहरू यसप्रकार छन्:
• सिन्धु जल सम्झौता रोक्ने निर्णय: १९६० मा भारत–पाकिस्तानबीच भएको ऐतिहासिक जलस्रोत सन्धिलाई हालको घटनाक्रमका कारण तत्काल रोक लगाइनेछ।
• अटारी सीमाबाट आवतजावत पूर्ण रुपमा रोक्ने: भारत–पाकिस्तानबीचको मुख्य स्थल सीमा अटारीबाट हुने सबै प्रकारका यात्रु तथा सामानको आवतजावत रोकिएको छ।
• पाकिस्तानी नागरिकलाई भारतबाट ४८ घण्टाभित्र निस्कन निर्देशन: भारतमा रहेका सबै पाकिस्तानी नागरिकहरूलाई दुई दिनभित्र देश छाड्न भनिएको छ।
• भविष्यमा कुनै पनि पाकिस्तानी नागरिकलाई भिसा नदिइने: अर्को सूचना नआएसम्म भारतले कुनै पनि नयाँ पाकिस्तानी भिसा जारी नगर्ने निर्णय गरिएको छ।
• पाकिस्तानस्थित भारतीय दूतावास बन्द: इस्लामावादस्थित भारतीय दूतावास तत्काल प्रभावबाट बन्द गरिनेछ।
• भारतस्थित पाकिस्तानी दूतावास पनि बन्द गराइने: नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासलाई बन्द गराउँदै पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न निर्देशन दिइएको छ।
प्रधानमन्त्री मोदीले यो निर्णयलाई भारतको सार्वभौमिकता र सुरक्षामाथिको गम्भीर खतरा भन्दै आवश्यक कदमको संज्ञा दिएका छन्।
Aama Darshan News आगामी दिनहरूमा भारत–पाकिस्तान सम्बन्धमा आउने थप अपडेटहरूसहित तपाईंको साथमा रहनेछ।
#AamaDarshanNews #IndiaPakistanTension #PahalgamAttack #DiplomaticBreak #IndusWaterTreaty #VisaBan
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय