सेबी प्रमुख विरुद्ध हिन्डनबर्गको आरोप पछि भारतीय शेयर बजारमा गिरावट

सेबी प्रमुख विरुद्ध हिन्डनबर्गको आरोप पछि, भारतीय शेयर बजार सोमबार अस्थिर देखियाे। साताकाे पहिलाे दिनकाे सुरूवातकै कारोबारमा ठूलो गिरावट पनि भयाे । 

यद्धपी लगानीकर्ताहरूले अमेरिकी सर्ट सेलरहरूको रिपोर्टलाई अस्वीकार गरेका कारण शेयर खरिद गरे । फलस्वरूप: सेन्सेक्स आज काराेबारकाे समयमा ३०० अंकले बढेकाे थियाे। तर, पछिल्लो सत्रमा भने बजारमा फेरि सेलिङ भयो ।

अत्याधिक अस्थिर कारोबारपछि सोमबार भारतीय शेयर बजारमा सामान्य गिरावट देखिएकाे हाे ।साेमबार ३० सेयरको बेन्चमार्क सूचकांक सेन्सेक्स ५६.९९ (०.०७%) अंकले घटेर ७९,६४८.९२ विन्दुमा बन्द भयो। अर्कोतर्फ, ५० शेयरको एनएसइ निफ्टी २०.५० (०.०८%) अंकले घटेर २४,३४७ विन्दुमा बन्द भयो।

यसैबीच, अमेरिकी सर्ट-सेलर हिन्डनबर्ग रिसर्चले सेबी अध्यक्ष र उनका पतिको बर्मुडा र मौरिससमा स्राेत नखुलेकाे अफशाेर कोषमा गरेको लगानीका बारेमा खुलाइएकाे रिपोर्ट सार्वजनिक भएपछि लगानीकर्ताहरू सजक भएका थिए।

साेमबार सेन्सेक्सका ३० कम्पनीहरूमध्ये अडानी पोर्ट्स, एनटीपीसी, पावर ग्रिड, स्टेट बैंक अफ इन्डिया, नेस्ले, महिन्द्रा एण्ड महिन्द्रा, रिलायन्स इन्डस्ट्रीज र टाटा कन्सल्टेन्सी सर्भिसको शेयर मूल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ। यसैगरी, ब्लू-चिप प्याकदेखि एक्सिस बैंक, इन्फोसिस, जेएसडब्ल्यू स्टील, टाटा मोटर्स, एचडीएफसी बैंक र कोटक महिन्द्रा बैंकको शेयर बढेको छ।

सेबी प्रमुख र उनका श्रीमानले आरोप अस्वीकार गरे

हिन्डनबर्ग रिसर्चले शनिबार एक आरोप लगाउँदै सेबीकी अध्यक्ष माधबी पुरी बुच  र उनका श्रीमानले बरमूडा र मरिससमा स्राेत नखुलेकाे अज्ञात अफशाेर फण्डमा लगानी गरेकाे खुलासा गरेकाे थियाे । हिन्डनबर्गकाे रिपाेर्टका अनुसार सेबी अध्यक्षकाे लगानी रहेकाे फण्ड्सहरू विनाेद अडानीकाे समुहकाे रहेकाे छ । यसकासाथै, ती फण्डहरू अडानी समूहकाे शेयरहरूकाे मूल्य बढाउनका लागि प्रयाेग गरिएकाे हिन्डनबर्गकाे दाबी रहेकाे छ ।

बुच र उनको श्रीमानले हिन्डनबर्गको पछिल्लो आरोपलाई सेबीको विश्वसनीयतामा आक्रमण र 'चरित्र हत्या'को प्रयास भन्दै एक विज्ञप्ति जारी गरेका छन्। अडानी समूहले आइतवार हिन्डनबर्ग रिसर्चको आरोपहरूलाई बदनियतपूर्ण भएकाे बताउँदै सेबी अध्यक्ष वा उनका श्रीमानसँग कुनै व्यापारिक सम्बन्ध नभएको दाबी गरेकाे छ।

प्रतिक्रिया