युवा शक्ति : हिमाल कार्की

देशको लागि युवा शक्ति : हिमाल कार्की

देश केवल नक्शामा कोरिएको रेखा मात्र होइन । यो त पसिनाको सुगन्ध हो, सपनाको आँच हो । र भविष्यको ढोका हो जसलाई खोल्ने चाबी युवासँग हुन्छ ।

काठमाडौं क्षेत्र नं.१० मा त्यो युवाको रुपमा विशेष महाधिवेशन मार्फत चोखिएर आएका युवा नाम जेन्जीको पहिचान हिमाल कार्की हुन् । हिमाल कार्की आफैंमा क्षेत्रगत अटल विश्वास र भरोसा पनि हुन् । भूँमान्छेका प्रतिस्वरुप पनि हुन् ।

हुन त युवा, उमेर संख्या मात्र होइन, एक साहस पनि हो । जनताप्रति भएको अन्यायसँग आँखा जुधाउने आँट स्वरुप पार्टी विद्रोहबाट जन्मेको आजको नाम पनि हिमाल कार्की नै हुन् । उहाँ गलत परम्परालाई प्रश्न गर्ने चेतना बनी क्षेत्र नं.१० समृद्धिको लागि उदायको छ । त्यसैले आज देशलाई भाषण होइन, ऊर्जाले भरिएको इमानदार कर्म चाहिएको छ । त्यो कर्म बन्न हिमाल कार्की तयार हुँदै क्षेत्र नं. १० मा आफूलाई उभ्याएको छ । 

उहाँकै भनाई अनुरुप, आफूलाई कुर्सी मात्र सम्हाल्ने उत्तराधिकारीको रुपमा मात्र होइन, क्षेत्र नं. १०  बोक्न सक्ने तातो काँध बनी आएको सोच राख्नुहुन्छ । युवाले जब देशलाई प्रेम गर्छ, त्यो प्रेम झण्डा बोकेर नारा लगाउनेमा मात्र सीमित हुनुहुँदैन भन्दै त्यो प्रेम भ्रष्टाचारसँग भिड्न, अपराधसँग लड्न र डरलाई चिर्दै बाटो देखाउन आएको मान्नुहुन्छ । 

हुन त देशप्रेम पूजा मात्र होइन, त्यो त दायित्व पनि हो । शब्द होइन, संघर्ष हो । आज यदि युवा मौन बस्ने हो भने, भोलि देश बोल्न सक्ने अवस्थामा रहनेछैन । त्यसैले उठ, सोच, संगठित होऊ किनकि इतिहासले सधैं प्रश्न सोध्छ कि क्ष्रेत्रको चित्कारको बेला तिमी कहाँ थियौ ? आज हिमाल कार्की त्यही प्रश्नको जवाफ बन्न आफूलाई काठमाडौ क्षेत्र नं.१० को उम्मेदवार हुँ भन्दै आएको छु । युवा शक्ति नै देशको भक्ति हो । र यही शक्तिले देशको भविष्य लेखिन्छ । लेख्ने व्यक्ति सहि र व्यवहारिक हुनुपर्छ । हिमाल कार्की व्यवस्था सहि बनाउन नियत सफा राख्नुपर्छ भन्ने बुझ्ने मध्येको एक व्यक्ती हुन् । 

प्रतिक्रिया