कीर्तिपुर । कीर्तिपुर नगरपालिकामा नगर प्रहरीलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने सर्प उद्धारसम्बन्धी तालिम सम्पन्न भएको छ।
तालिममा प्रख्यात सर्पविज्ञ कमल देवकोटाले सर्पसम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्नुभएको थियो भने सर्प संरक्षण अभियानकर्ता सुबोध आचार्यले सर्प उद्धारको व्यावहारिक अभ्यास गराउनुभएको थियो।
तालिममा कीर्तिपुर नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको जनाइएको छ।
सर्पको पहिचान, सुरक्षित उद्धार तथा सर्पदंशसम्बन्धी जोखिम न्यूनीकरणका विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। यस तालिमले नगर प्रहरी तथा कर्मचारीहरूलाई सर्प उद्धारका क्रममा अपनाउनुपर्ने सावधानी र आवश्यक सीप विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आमा दर्शन न्यूज
१९ कार्तिक २०८३, बुधबार ०७:५८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय