जोमसोम— जिल्ला प्रहरी कार्यालय मुस्ताङले सवारी साधनलाई प्रेसर हर्न बजाउन राख्न निषेध गरेको छ । हिमालपारीको जिल्ला मुस्ताङमा सवारी तथा यातायात व्यवस्था ऐनको मापदण्ड बिपरित सवारी साधनले प्रयोग गर्दैआईरहेका प्रेसर हर्नले ध्वनीप्रदुषण निम्त्याउने भन्दै प्रहरीले प्रेसर हर्न निषेध अभियान संञ्चालन गरिएको हो ।
मुस्ताङ मा यो अभियान मंसिर ११ गतेदेखि थासाङ गाउँपालिकाको लेते र घरपझोङ गाउँपालिकाको मार्फा र जोमोममा एकैसाथ संञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।प्रेसर हर्न निषेध अभियान जिल्लाका अन्य स्थानहरुमा पनि जिल्ला ट्राफिक कार्यालयको समन्वयमा नियमित चेकजाँच सुरु गरिने योजना रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले उल्लेख गरे ।
अभिायनका क्रममा ध्वनी प्रदुषण गर्ने एक ट्याक्टर र एक मालमाहक ट्रकको प्रयोग गरेको प्रेसर हर्न निकालिएको थियो । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक राजमार्ग सहज हुन थालेपछि बर्सेनि हजारौ सवारी साधन मुस्ताङ प्रवेश गर्ने गर्छन ।
यसरी मुस्ताङ भित्रिएका सवारी साधनले मापदण्ड बिपरित प्रेसन हर्न प्रयोग गर्दा ध्वनी प्रदुषण हुने भएकाले प्रहरीले यो अयियान चलाएको बताईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार