काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ काठमाडौंको कमलपोखरीमा आयोजित छठ पर्वमा सहभागी भई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुभएको छ।
चार दिन लामो छठ पर्वको तेस्रो दिन सोमबार प्रधानमन्त्री कार्की श्रद्धालुहरूसँगै कमलपोखरी पुग्नुभएको हो। उहाँले सूर्यदेव र षष्ठी माताको आराधना गर्दै मुलुकमा शान्ति, समृद्धि र एकताको कामना गर्नुभयो।
कमलपोखरीलाई आज विशेषरूपमा सजाइएको थियो। पोखरी वरिपरि रंगीन बत्ती र दीपसज्जाले वातावरण झनै आकर्षक बनेको थियो। भक्तजनको ठूलो भीडका बीच प्रधानमन्त्री कार्कीले व्रतालुहरूसँग छोटो संवाद गर्दै छठ पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुताको सन्देश दिने बताउनुभयो।
छठ पर्वको क्रममा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्व समापन गरिनेछ।
नेपालका तराई क्षेत्रदेखि राजधानी काठमाडौंसम्म छठ पर्व आज भव्य रूपमा मनाइँदैछ। उपत्यकामा कमलपोखरी, गहुँटेको पोखरी, बागमती किनारलगायत स्थानहरूमा व्रतालु र भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ।
रिपोर्टर: आमा दर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय