नगर कार्यपालिकाको कार्यालय मातहत कार्यरत महिला कर्मचारीहरुकाे बैठक सम्पन्न ।

कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री सुमन कुमार कार्कीको अध्यक्षतामा कमलामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मातहत कार्यरत महिला कर्मचारीहरुकाे बैठक सम्पन्न भएकाे छ । 

सो बैठकमा यस नगरपालिकामा कार्यरत महिला कर्मचारीकाे आवश्यकता, समस्या, चुनाैती, समाधानका उपायहरु लगायत कार्यालयमा सुशासन, लैंगिकमैत्री कार्य वातावरण एवं शीध्र तथा गुणस्तरीय सेवा प्रवाहकाे विषयमा छलफल गरिनुका साथै लैंगिकमैत्री कार्यालय (Gender Responsive Office) तथा लैंगिक सवालहरू (Gender Issues) सम्बन्धी विषयमा प्रमुख प्रशासकीय अधिकृत श्री सुमन कुमार कार्कीद्वारा बैठकमा उपस्थित महिला कर्मचारीहरूलाई आफ्नाे प्रस्तुति सहित अभिमुखीकरण गर्नु भएको थियाे ।

उक्त बैठकमा कमलामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मातहत कार्यरत ८० जना महिला कर्मचारीहरूको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन कमलामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको लैंगिक फाेकल पर्सन श्री ईन्दिरा थापाले गर्नु भएको थियाे ।

प्रतिक्रिया