काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँवर्ष २०८२ को अवसरमा नयाँ डिजिटल क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ।
यस क्याम्पेनले ग्राहकलाई डिजिटल गेमिङ अनुभवको माध्यमबाट रु. १ लाखसम्मको नगद पुरस्कार तथा अन्य आकर्षक गिफ्ट जित्ने मौका प्रदान गर्नेछ। सामाजिक सञ्जालमा उपलब्ध विशेष गेममार्फत जो–कोहीले घरमै बसी खेल खेल्न सक्नेछन्, तर जितका लागि बजाज मोटरसाइकलको टेस्ट राइड आवश्यक पर्नेछ।
मुख्य आकर्षण भने शोरूममा अनुभव गर्न पाइने अर्को चरणको गेम हो। मोटरसाइकल खरिद गर्ने ग्राहकले शोरूममै “खुसीको मिटर” खेल्दै रु. १ लाखसम्मको नगद जित्न सक्नेछन्।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “यो क्याम्पेन केवल प्रचारको लागि अफर होइन, टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास हो।”
बजाजको यो नयाँ वर्ष क्याम्पेन देशभरका सबै आधिकारिक शोरूमहरू र डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता