गजामा इसराइली आक्रमण: हमासका शीर्ष नेता सलाह अल-बर्दाविलको मृत्यु

गाजा, मार्च २४ – इजरायली हवाई आक्रमणमा हमासका वरिष्ठ राजनीतिक नेता सलाह अल-बर्दाविलको मृत्यु भएको छ। आइतबार बिहान गाजाको दक्षिणी सहर खान युनिसमा भएको हवाई आक्रमणमा उनकी श्रीमती समेत मारिएको छ।


हमासका अधिकारीहरूले बर्दाविलको मृत्युको पुष्टि गरेका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार उनी हमासको राजनीतिक समितिका शीर्ष सदस्यमध्येका एक थिए। हमासका प्रेस सल्लाहकार तहिर अल नोनोले फेसबुकमार्फत उनको निधनप्रति शोक व्यक्त गरेका छन्।


इजरायलले पछिल्लो दुई महिनापछि गाजामा ठूलो परिमाणमा हवाई आक्रमण गरेको हो। मंगलबारदेखि सुरू भएका तीव्र आक्रमणमा सयौं मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासविरुद्धको आक्रमणलाई सैन्य अभियानका रूपमा अघि बढाइरहेको बताएका छन्। उनले हमासलाई कमजोर बनाउने र बन्धकहरूको सुरक्षालाई प्राथमिकता दिने उल्लेख गरेका छन्।


यस घटनाले गाजामा मानवीय संकटलाई अझ गम्भीर बनाएको छ। अन्तर्राष्ट्रिय समुदायले हिंसा रोक्न र मानवीय सहायता उपलब्ध गराउन आग्रह गरिरहेको छ।


(Aama Darshan News का लागि विशेष रिपोर्ट)

प्रतिक्रिया