हामी तमासा हेर्नेमा पर्‍यौं अध्यक्ष माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले नियालीरहेको बताए।

शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको र आफूहरू त्यही तमासा हेरेर बसिरहेको बताए। 

'हाम्रो प्रधानमन्त्रीज्यु अत्यन्तै बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामीहरू त खाली, तमासा हेरेर मात्रै बस्ने मान्छे पर्‍यौं,' उनले भने। 

यस्तो अवस्थामा राजनीति कतातिर जान्छ भन्ने चिन्ता लागेको पनि अध्यक्ष नेपाले बताए। 

यी सबै घटनालाई नियालिरहेका छौं। अवलोकन गरिरहेका छाैं । नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस्,' उनले भने। 

प्रतिक्रिया