विश्व सामाजिम मञ्चको कार्यक्रम प्रभाब आरआर क्याम्पस ३ दिन पढाइ बन्द

काठमाडौं । ‘विश्व सामाजिक मञ्च’ को कार्यक्रमका लागि रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस) मा तीन दिन पढाइ नहुने भएको छ ।

सहायक क्याम्पस प्रमुख रामबहादुर कार्कीले बिहीबार सूचना निकालेर यही फागुन ४, ५ र ६ गते क्याम्पस परिसरमा मञ्चको कार्यक्रम हुने जानकारी दिएका छन् । बरु सूचनामार्फत विद्यार्थीहरुलाई मञ्चको कार्यक्रममा हुने कार्यपत्र प्रस्तुतिमा सहभागी हुन सुझाव दिइएको छ ।

विश्व सामाजिक मञ्च ल्याटिन अमेरिकाबाट सुरु भएको सामाजिक फोरम हो । विश्व सामाजिक मञ्चको वेबसाइटमा उल्लेख भए अनुसार पहिलो विश्व सामाजिक फोरम ल्याटिन अमेरिकाको पोर्टो एलेग्रेबाट सुरु भए यसको औपचारिक रुपमा मञ्चको आयोजना भने सन् २००१ मा ब्राजिलको सहरमा भएको थियो ।

त्यसयता भारत, सेनेगल, ट्युनिसिया लगायतका बिभिन्न देश हुँदै यसपटक १६ औं संस्करणको आयोजना नेपालमा गरिएको छ ।

कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा फागुन ३ देखि ७ गतेसम्म तय भएको छ । जस अन्तर्गतका कार्यपत्र प्रस्तुतिहरु आरआर क्याम्पसका कक्षा कोठाहरूमा गरिँदैछ ।

कलेजको पढाइनै बन्द गरेर कार्यक्रम आयोजना गर्नु बेठीक भएको पढाइलाई असर पर्नेगरी कुनै पनि कार्यक्रम आयोजना हुनु हुँदैन भन्ने हाम्रो कुरा हो 

सुचना हेर्नुहोस



प्रतिक्रिया