काठमाडौं। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सम्पूर्ण पदकहरू नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सचिवमार्फत दान गरिएको छ। पदकहरू बिक्री गरी प्राप्त रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्जस्थित कृषि औजार कारखानालाई सहयोग गर्ने उद्देश्य रहे पनि चार वर्षसम्मको प्रयासका बाबजुद ती पदकहरू बिक्री हुन नसकेपछि हाल ती नेपाल सरकारको सम्पत्ति बनेका हुन्।
पदक दानकर्ताले पदक बिक्रीबाट प्राप्त रकम देशको औद्योगिक तथा कृषि प्रविधि विकासमा योगदान पुगोस् भन्ने उद्देश्यले उक्त पहल गरिएको स्पष्ट पारेका छन्। तर लामो समयसम्म प्रयास गर्दा पनि कसैले खरिद नगरेपछि अन्ततः सरकारलाई हस्तान्तरण गरिएको बताइएको छ।
यसैबीच, पोखरा–ठूलाकोटस्थित २८ रोपनी जग्गा बिक्री गरी वीरगञ्ज कृषि औजार कारखानालाई दान गर्ने प्रयास पनि हालसम्म सफल हुन सकेको छैन। उक्त जग्गा पनि बिक्री नभएकाले सहयोगको योजना कार्यान्वयनमा आउन नसकेको जनाइएको छ।
देशको उत्पादन, आविष्कार र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको यो पहललाई सकारात्मक रूपमा लिनुपर्ने सरोकारवालाहरूको भनाइ छ।
७ माघ २०८२, मङ्गलबार ०८:१४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता