काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीसी)को गुप्तचर युनिटका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ । इजरायली आक्रमणमा आइतबार (जुन १५) उनको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इजरायली आक्रमणमा काजेमीबाहेक उक्त युनिटका उपप्रमुख हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि मारिएका आईआरजीसीसम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टीभीले जनाएको छ । फक्स न्युजलाई यसअघि दिएको एक अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए, “म तपाईंलाई भन्न सक्छु कि हामीले इरानका गुप्तचर प्रमुख र उनका उपप्रमुखलाई मारेका छौँ ।”
शुक्रबारयता इजरायली आक्रमणमा २२४ जनाले ज्यान गुमाएका इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच, इरानले फेरि इजरायलमा मिसाइल प्रहार गरेको छ । इरानका हाइफा, तेल अभिभ र जेरुसेलममा विस्फोटको आवाज सुनिएको छ । यी आक्रमणमा १० भन्दा बढी व्यक्ति घाइते भएका इजरायलको आपत्कालीन सेवाले जनाएको छ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार