कीर्तिपुरमा मेयर कप

कीर्तिपुरमा मेयर कप 

मैले जिन्दावाद र मुर्दावाद भन्न सिकेको थालेको २०४२ साल देखि हो । त्यतिबेला देखि आजको दिनसम्म जीवन यात्रामा सुनिरहेको शब्द हस्तक्षेप हो भने भारतीय विस्तारवाद एवम् अमेरिकी साम्राज्यवाद मुर्दावाद नै हो । र मेरो नेपाल विदेशी चलखेल छ भन्ने पनि व्यापक चर्चा छ । म विशेषगरी यी शब्दको अर्थ के होला सोच्दै जवानी निचारी रहेको थिएँ । र मेरो जीवनकालमा मैले धेरै प्रकारको चुनाव पनि देखें । सुरुमा पदमरत्न जितेको देखें । दोस्रोमा मदन भण्डारी जितेको देखें । तेस्रोमा कृष्ण गोपाल श्रेष्ठ, तीर्थराम डंगोल,  पुष्पकमल दाहाल, राजेन्द्र कुमार केसि आदिले जितेको देखें । स्थानियमा हिराकाजी महर्जन, ध्रुब महर्जन, रमेश महर्जन र राजकुमार नकर्मी आदि नगरपालिका बने पश्चात्  जितेका थिएँ । तर ती जितहरु कीर्तिपुरको जितसँग रमेनन् । कोहि पार्टीगत विचार स्वरुप जितमा रुपान्तरित भए भने कोहि दम्भ र अहम् अनि कसैले सोचले विरासतमा भएको भन्ने खाल जित मात्र स्थापित भए भने व्यवस्था पञ्चायत हुँदै बहुदलिय प्रणालीसँगै संसद विघटन पश्चात् कु गरिएको भन्ने व्यवस्था र त्यसपछिको संविधान लेखनसँगै गणतान्त्रिक व्यवस्था समावेश भए । तर जनताको व्यवस्था संस्थागत अझैसम्म हुन सकेको छैन् । यसमा दोष कसको ? कीर्तिपुर कस्को ? 

हिजो नेपाल देशमा हस्तक्षेप भयो भन्ने हामीले आज कुन बाटो कताको रोज्दैछौं ? यो कहिल्यै सोचिएनौं । हिजो भारतीय विस्तारवाद मुर्दावाद भन्नेहरु र अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्नेहरु विशेषगरी कीर्तिपुरमै छन् । कीर्तिपुर, नेपाल सरकार प्रतिपक्ष नै हो । सायद धेरै आ-आफ्नो स्थार्थ सत्य र तथ्य बिर्से होला । मान्छे हो खराबमा पनि रुपान्तरित हुन्छ त्यो उसको अधिकार हैसियत हुनसक्छ भने खाने भातै हो जाने घाटै हो बिर्सिएको हुनुपर्छ । वा सम्पत्तिले आङ छोप्ने पनि हुनसक्छ । बिकार रोगी सोच पनि हुनसक्छ जसको भाषा " उसले गर्नुहुन्छ मैले किन गर्नुहुन्न ? " अपराधिक मनस्थिति हुनेहरुको अपराधिक त्यो रोगी विचार हो । अब रोगी विचारकै रोगी मनस्थिति खण्डन गर्ने हो भने व्यक्तिले गरिएका खराब कार्यलाई दलले गरेका हुन् भन्नू एक खराब विचार हो । संस्थागत भ्रष्टाचार हुन् भन्न कोहि त्यसबाट अलग भएका पनि छन् विचार मान्ने मानेर पार्टी टुक्रिएका पनि छन् । यसमा हाम्रो बहसको कमि छ । देश ब्यक्तिले कि पार्टीले भन्ने हाम्रो विचार चिन्तन बाँकी नै छन् । यस्तो अवस्थामा देशले शाहदतै लिन्छ कि भनिएका कुरा आकाशिएको बेला कीर्तिपुरमा उपनिर्वाचनको तयारी चलेको छ । दल सहित विभिन्न स्वतन्त्र उम्मेदवार मेयर कपको लागि तयारी अवस्थामा छन् । भोट खस्न बाँकी र आफ्नो पोल्टामा पार्न सबैले आ-आफ्नो हठकण्ठा अपनाउन जुर्मुराएका छन् । तर भोट कीर्तिपुरका जनताले कीर्तिपुरलाई दिनेछैन् । कीर्तिपुरले यो कुरा सोचेको पनि छैन् भने त्यस्तो हामी हौं भन्ने स्वर पनि सुनेको छैन् । सबैले अरु खेदो खन्नु भनेको आफ्नो क्षमता थाहा नपाउनु हो भने मेयर पदको लागि लागि योग्य नहुनु नै मान्दछु । अरुको नराम्रो भन्दा नि आफ्नो राम्रो अरुलाई सुनाउनुस् महान कुरा त्यही हुनेछ । रह्यो स्वतन्त्र भनिएकाहरुलाई एउटा प्रश्न के हाम्रो देश नेपाल विदेशीले चलाई दिए पनि हुने हो र ? चुनावी पछि भारतीय विस्तारवाद मुर्दावाद भन्ने सक्नेले चुनावी मौहलमा आफुलाई जिताउन अमेरिकी साम्राज्यवाद जिन्दावाद भन्नू आवश्यक छ र ? चुनाव पछि बालेनले जस्तै काम गर्ने गर । के हर्क साम्पाङ्गले कीर्तिपुरको मेयर यहि भनेर चुन्नु र नेपालमा कसको सरकार कति दिन टिकाउने भन्ने विदेश चलखेल हुनु एउटै होईन् र ? दलहरुको विरोध गर्नु र आफ्नो क्षमता नदेखाउनु एउटै होईन् र ? अत: quantity होईन् quality मा विश्वास गर्न अनुरोध साथ जो जस्ले जिते पनि कीर्तिपुरले जित्नुपर्छ खाका तयार गर्न पुन: एक जुट हुनुहोला । चुनाव तोड होईन् जोड पनि हो । त्यो जोड गुण होस् दोष नहोस् । दलहरुको सवालमा सत्य र निष्ठा के हो फरकता बुझ्नु होला । कीर्तिपुर आफ्नो मातृभूमि हो । एक प्रकार आमा नै हुन् । आमाको चीत्कार पुन: बलात्कार नहोस् । 

प्रतिक्रिया