काठमाडौं । अमेरिकामा उडिरहेको जहाजमा आगो लागेको छ । स्थानीय समयअनुसार बिहीबार बेलुकी सवा ५ बजेतिर अमेरिकी एयरलाइन्सको बोइङमा आगो लागेको हो ।
१७२ जना यात्रु र छ जना चालक दलका सदस्य रहेको जहाजको ‘इन्जिन कम्पन’ भएको जानकारीपछि आकस्मिक अवतरण गरिएको थियो । अवतरणपछि सबै यात्रु र चालक दलका सदस्यलाई सकुसल बाहिर निकालिएको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ ।
अमेरिकी एयरलाइन्सका प्रवक्ताले दिएको जानकारीअनुसार अत्तालिएका केही यात्रुलाई अस्पताल लगिएको छ ।
३० फाल्गुण २०८१, शुक्रबार १०:१८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता