काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ६ बुँदे सहमति भएको छ।
गृह मन्त्रालयका अनुसार सरकार मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, पीडित परिवारसँग भएको सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
सहमतिअनुसार मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने, प्रत्येक परिवारलाई रु. १० लाख राहत उपलब्ध गराइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गरिने तथा सम्बन्धित कानुनी र नीतिगत विषयमा आवश्यक अध्ययन गरिनेछ।
त्यस्तै, पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने, छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्णय कार्यान्वयन गरिने तथा मृतकहरूको स्मृतिमा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वय गरिने सहमति भएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले नेपाल सरकार सत्य, न्याय, कानुनी शासन र नागरिकको विश्वासप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार