शिक्षाको हिसाबमा कीर्तिपुर ७७ जिल्लाको सदरमुकाम हो । शिक्षालाई पुज्यनिय मान्दै जीवनमा समर्पित कुरा गर्ने हो भने कीर्तिपुरको माटो शिरको चण्डन हुनुपर्छ । शिक्षालाई आस्था र विश्वासको केन्द्र मान्ने हो भने चार धाम पवित्र भन्ने गर्छ मक्का मदिना पवित्र भन्छ त्यो भन्दा कम अझ भनौं उच्च शिरमा कीर्तिपुर पर्दछ । हर कोहि शिक्षित दिक्षित हुन पाइला खियाउनुपर्ने तपोभूमी कीर्तिपुर हुन् । कीर्तिपुर राजनैतिक सोच विचार खण्डिट मनशायले बत्ती मुनिको अँध्यारो बन्न बाध्य छ । उक्लिन खुड्किलो मात्र बनी रहँदा रैथाने रैती हुँदा समग्र कीर्तिपुर नापनक्सा कोर्न सक्ने व्यवस्थित सरकार हुँ भन्न सक्ने मौकाको न्यायोचित दिन कुर्न बाध्य छ । शिक्षाले सिचिनु पर्छ महत्व र अवसर बुज्नुपर्छ भनिएको यथार्थता अन्य मोड्न मात्र जानिएको रोपेको फल्छ बुझ्न नसकिएको धरातलमा आज कीर्तिपुर गुम भएको छ । म खोज्छु भन्नेको पर्खाइमा कीर्तिपुर विलय भएको छ । अवसरहरु, संघर्षको रुपमा खेर गएको छ । कीर्तिपुरको लागि यो नितान्त गम्भीर घात हो । आज ७७ जिल्लाको सदरमुकाम जेठो नगरपालिका बेथितिको कुहिरोभित्रको काग बन्न पुगेको छ ।
2025 Jan 10 Fri