सहिदको सम्झनामा

पञ्चायत विरुद्धको शाहदत हासिल गर्न सफल सहिदप्रती हार्दिक नमन अनि सम्झना स्वरुप आज कीर्तिपुरमा नेकपा एमालेद्वारा दिप प्रज्वलन गरिईयो भने विहान सहिद दिवससँगै सहकारी दिवस पनि मनाईयो । र एउटा तीतो सत्य सहकारी नभएको भए सायद सहिदको अर्थ जिवित रहन गाह्रो भएको अवस्था छ । विगतको विसंगति विरुद्ध आहुती हुनेहरू देशको परिस्थिति देखेर रोई रहेको अवस्था छ । सहिदको सपना पूरा गर्छौं भन्नेहरुले त्यो सपना के हो बुझ्न छोडेको अवस्था छ भने सहिद किन भनिईयो वा बनाईयो ? राज्यले रचेको एउटा सुन्दर अनि भद्दा मजाग सिवाय अहिलेलेको परिवेशमा त्यसको चरितार्थ हुन सकेको छैन् । सहिदले सिचेको भूमिबाट त्यसका आफन्त पलायन हुने विचार पक्कै थिएन् होला । एकलवाद नक्सलवाद हो भन्ने सहिदहरु आज बहुदल हुँदै गणतन्त्रमा पुग्दा पनि झन शक्तिवाद बनेका छन् । सहिदलाई सराप्ने वाद पालेर हामी बाँचेका छौं । सहिदको त्याग बलिदान आफन्तवादको लागि थिएन् । सिङ्गो राष्ट्रले भोगेको ज्यादती विरुद्धको आवाज आज कुनै शिलाको लेखमा बनेको छ । सच्चा श्राद्ध दिन पनि कन्जुस्याइँ गरेको अवस्था अब फेरिनुपर्छ । प्रभातफेरी कार्यक्रम सच्चा दिलले राख्नुपर्छ । राजनीति गर्ने मनशाय त्याग्नुपर्छ । सोच्ने दिन आएको छ । सहकारी र स्कुलकै लागि साहदत पक्कै लिएको होईन् होला । 

प्रतिक्रिया