Aama Darshan News Desk
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा ‘कूलिङ अफ पिरियड’ सम्बन्धी त्रुटिका कारण नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।
बुधबार प्रतिनिधि सभामा राजीनामा घोषणा गर्दै खतिवडाले विधेयकको अन्तिम प्रतिवेदनमा समितिको मनसाय विपरीत प्रावधान समावेश भएकोमा गहिरो अध्ययन नपुगेको स्वीकार गरे। उनले यसलाई आफ्नो कमजोरी मान्दै “जिम्मेवारीबोध गर्दै हाँसीहाँसी पद छोडेको” स्पष्ट गरे।
छानबिन विशेष समितिले खतिवडाले उत्तरदायीपूर्ण भूमिका निर्वाह नगरेको टिप्पणी गरेपछि उनले सभामुखमार्फत राजीनामा घोषणा गरे। खतिवडाले आफ्नो कार्यकालमा ‘कूलिङ अफ पिरियड’ राख्ने अडानमा दृढ रहेको तर प्रतिवेदन लेखनका क्रममा त्रुटि भएको बताउँदै दोष अरूको टाउकोमा नथोपर्ने संस्कार अग्रज नेताबाट सिकेको उल्लेख गरे।
उनले संवैधानिक अंगहरूमा निष्पक्षता र सुशासन कायम गर्न कानुनी सुधारको आवश्यकता दोहोर्याउँदै, पदमा रहँदा भ्रष्टाचार नियन्त्रण, मन्त्री–सचिव सरुवा पद्धति रोक्नेजस्ता काममा समिति सक्रिय रहेको स्मरण गराए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार