काठमाडौँ, – बजाज मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा. लि. ले नयाँ नागरिकता आधारित फाइनान्स सुविधा ल्याएको छ। अब ग्राहकहरूले केवल नागरिकता प्रमाणपत्रका आधारमा बजाजका मोटरसाइकलहरू सरल फाइनान्स मार्फत खरिद गर्न सक्नेछन्।
यसअघि मोटरसाइकल किन्ने प्रक्रियामा ग्राहकहरूले घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोतको सर्टिफिकेट जस्ता धेरै कागजातहरू पेश गर्नु पर्थ्यो। तर, नयाँ स्कीमको साथ अब यी सबै कागजातहरूको आवश्यकता हटाइएको छ। यस नयाँ सुविधा मार्फत ग्राहकहरूले अझ सरल र छिटो प्रक्रिया अपनाएर मोटरसाइकल प्राप्त गर्न सक्नेछन्।
हंसराज हुलासचन्द एण्ड को. प्रा. लि. का अनुसार, अब ग्राहकहरूले एक घण्टाभित्रै लोन पास गरेर ९.९९% प्रतिशत ब्याजदरमा मोटरसाइकल किन्न सक्नेछन्। यो सुविधा बजाजका देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध हुनेछ र यसले ग्राहकहरूको खरिद प्रक्रिया अझ सरल र सहज बनाउने अपेक्षा गरिएको छ।
यस प्रकारको सरल फाइनान्स सुविधा बजाजका ग्राहकहरूको लागि निकै फाइदाजनक रहेको बताइएको छ, जसले गर्दा अब उनीहरू कम समयमै, कम झन्झटका साथ मोटरसाइकल किन्न सक्नेछन्।