जोमसोम—स्याउको राजधानी मानिएको हिमालपारीको जिल्ला मुस्ताङमा अहिलेसम्मकै ठुलो क्षमताको दुईवटा स्याउ भण्डार कोल्ड स्टोर निर्माण सम्पन्न भएका छन् । गण्डकी प्रदेश सरकार, कृषि विकास निर्देशानालयको स्याउ विकास कार्यक्रम अन्र्तगत मुस्ताङको घरपझोङ—२ मार्फा र थासाङ—१ टुकुचेमा सय÷सय टन क्षमताका दुई वटा बृहत कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण भएका हुन् ।
प्रदेशको कृषि विकास निर्देशानालय पोखराको स्याउ विकास कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७९÷०८० मा ८५ प्रतिशत अनुदान र सम्वन्धित फार्म,सहकारी र समुहको १५ प्रतिशत साझेदारी रहने गरी करोड भन्दा बढी लागतका दुई वटा कोल्ड स्टोर निर्माणको योजना छनौट भएको थियो । जसअन्र्तगत मुस्ताङको घरपझोङ—२ मार्फाको मार्फा कृषि सहकारी संस्था र थासाङ—१ टुकुचेको स्यालम बहुउद्देश्य सहकारी संस्थालाई निर्देशानालयको कोल्ड स्टोर निर्माण गर्न छनौट गरिएको थियो ।
मुस्ताङमा अहिलेसम्मकै बृहत प्रकारको कोल्ड स्टोर निर्माण गर्न निर्देशानालयले सय टन क्षमताको एक कोल्ड स्टोर निर्माण गर्न १ करोड २५ लाखसम्म अनुदान सहुलियत दिने बताएको थियो । उक्त अनुुदान पाउँन संम्वन्धित संस्थाले १ करोड ४७ लाख लागतको स्याउ भण्डार कोल्ड स्टोर पूर्वाधार निर्माण गर्नुपर्ने उल्लेख गरेको थियो ।स्याउ विशेष कार्यक्रम अन्र्तगत राष्ट्रिय योजना आयोगले बर्सेनि कृषि विकास निर्देशानालयलाई शर्सत बजेट उपलब्ध गराउने गर्छ ।
कृषि विकास निर्देशानालय गण्डकी प्रदेशको स्याउ विकास कार्यक्रमका प्राप्त अनुदानबाट मुस्ताङको मार्फा र टुकुचेमा दुई वटा बृहत प्रकारको कोल्ड स्टोर निर्माण भएको कृृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । मार्फा र टुकुचेमा निर्माण गरिएका स्याउ भण्डारण कोल्ड स्टोरमा कुल २ करोड ८२ लाख लागतमा निर्माण भएको कृषि ज्ञान केन्द्र प्रमुख बस्ताकोटीको भनाई छ । मार्फा कृषि सहकारी संस्था र स्यालुम बहुउद्देश्य कृषि सहकारी संस्थाले समान १ करोड २० लाख अनुदान र लाभग्राही संस्थाको २१ लाख लागत साझेदारीमा दुई वटा अलग अलत स्याउ भण्डारण कोल्ड स्टोर निर्माण गरेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे । दुबै बृहत कोल्ड स्टोर गत आर्थिक वर्षको असारमा सम्पन्न भएको केन्द्र प्रमुख बस्ताकोटीले जानकारी दिए ।
मुस्ताङी स्याउलाई सिजनेबल समय जस्तै बेमौसम पनि साविक जस्तै ताजा राख्न कोल्ड स्टोर निर्माण गरिएको हो । मार्फा र टुकुचेमा निर्माण गरिएको दुबै कोल्ड स्टोरको शुक्रबार गण्डकी प्रदेशका कृषि तथा भूमी व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीले अलग÷अलग उद्घाटन गरे । सो अवसरमा कृषि तथा भूमी व्यवस्था मन्त्री जिसीले मुस्ताङमा स्याउ खेती विस्तार गर्न सार्वजनिक जग्गा उपयोग गर्न अपरिहार्य रहेको बताए ।‘यहाँ व्यक्तिको नाम खेती योग्य जमिन कम रहेछ, यसैले सार्वजनिक खेतीयोग्य जमिन लिज करारमा दिने कानुन ल्याउनुपर्छ,मन्त्री जिसीले भने,‘यसो भयो भने मात्र मुस्ताङमा कृषि क्षेत्रको विकासमा नया फड्को मार्छ,यसका लागि हामीले गम्भिर भएर सोचिरहेका छौ ।’
मन्त्री जिसीले विद्यमान कानुनको भूमी ऐन २०७६ ले स्थानीय तहलाई भूमी बैंक स्थापना गर्ने अधिकारी दिएकाले लिज प्रक्रिया अघि बढाउन सकिने बताए । सार्वजनिक जग्गामा लिज मार्फत स्याउ खेती विस्तार हुँने सके कोल्ड स्टोरको संख्या थप गर्दै लगिने प्रतिवद्धता जनाए ।
कोल्ड स्टोर उद्घाटनमा गण्डकी प्रदेशका माननीय विकल शेरचन ,कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख विकल शेरचनसहित निर्देशानालयका कर्मचारीहरु उपस्थित थिए । सो अवसरमा मार्फा कृषि सहकारी संस्थाका प्रतिनिधि सकबहादुर लालचनले प्रदेश सरकारको अनुदानले स्याउ खेतीमा लागेका यहाँका कृषकहरुलाई कोल्ड स्टोर निर्माणले ठुलो राहत पू¥याउने बताए । आगामी वर्षहरुमा स्याउ प्याकेजिङ हाउँस र स्याउ ग्रेडिङ उपकरण लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको लालचनले उल्लेख गरे ।
कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख बस्ताकोटीले कोल्ड स्टोर निर्माणले बेमौसममा मुस्ताङ घुम्न आएका पर्यटकले ताजा स्याउको स्वाद चाख्न पाउने बताए । यसले सिजनमा कम मुल्यमा स्याउ बिक्री गर्नुपर्ने बाध्यतालाई हटाएर कृषकले बढी भन्दा बढी मुनाफा लिन सक्ने दावी गरे ।