सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरू माघ १० र ११ गते दुई दिनका लागि बन्द गरिने भएको छ।
पछिल्ला दिनहरूमा अत्यधिक चिसो र शीतलहरको प्रभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख रमेश शाहका अनुसार मौसम प्रतिकूल बनेको कारणले पठनपाठनका गतिविधि सञ्चालन गर्न कठिनाइ भएकोले विद्यालय बन्द गर्नुपरेको हो।
“चिसो र शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले बिहीबार र शुक्रबारका लागि पठनपाठन स्थगन गर्ने निर्णय गरिएको हो,” शाहले जानकारी गराउनुभयो।
शीतलहरले तराई-मधेशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। चिसोका कारण विद्यालयहरू बन्द गर्नुका साथै अन्य सार्वजनिक सेवा क्षेत्रहरूमा पनि कठिनाइ भइरहेको जनाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता