एमाले गण्डकीको प्रथम बैठकले मुस्ताङमा संघीय र पालिका ईञ्चार्ज तोक्यो

 जोमसोम—नेकपा (एमाले) गण्डकी प्रदेश स्तरीय प्रथम बैठक शुक्रबार पोखरामा सकिएको छ ।एमाले गण्डकी प्रदेशको प्रथम बैठकले प्रदेश कमिटीमा निर्वाचत सदस्यहरुको कार्य बिभाजन समेत गरेको छ ।

एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रदेश कमिटी सदस्यहरुको जिम्मेबारी कार्य बिभाजन गरिएको हो ।

एमाले गण्डकी  प्रदेश कमिटीको सम्पन्न प्रथम बैठक अन्तर्गत एमाले मुस्ताङको संघीय,स्थानीय तह र विभागीय कार्य बिभाजन गरिएको हो । जसअन्तर्गत संघीय निर्वाचन क्षेत्र (मुस्ताङ)को ईञ्चार्जमा क.तिलक विकलाई  ईञ्चार्जको जिम्मेवारी  तोकिएको छ । संघीय निर्वाचन क्षेत्र मुस्ताङको ईञ्चार्जको जिम्मेबारी पाएका विक प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हुन् ।

प्रादेशिक निर्वाचन क्षेत्र अन्तर्गत ‘क’ मुस्ताङ अन्तर्गत लोमान्थाङ  र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ईञ्चार्जमा  क. ईन्द्रधारा बिष्टलाई जिम्मेवारी दिईएको छ ।उनी पूर्व प्रदेशसभा सदस्य हुन् । यसैगरी प्रादेशिक निर्वाचन क्षेत्र ‘ख’ मुस्ताङ अन्तर्गत एमाले  घरपझोङ गाउँपालिका ईञ्चार्जमा क. शर्मिला गुरुङ, एमाले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ईञ्चार्जमा क. प्रमेश गुरुङ  र  एमाले थासाङ गाउँपालिकाका ईञ्चार्जमा  क. सुमिता शेर्पालाई पालिका ईञ्चार्ज तोकिएको एमाले जिल्ला कमिटी  सदस्य बिनोद विसीले जानकारी  दिए ।

एमाले गण्डकीको प्रथम बैठकले प्रदेश कमिटी सदस्य क. हेमन्त शेरचनलाई भौतिक पूर्वाधार तथा यातायात विभाग सम्हाल्ने गरी  ईञ्चार्जको जिम्मेबारी सुम्पिएको हो ।

 एमाले प्रदेश कमिटीको सम्पन्न प्रथम बैठकलाई  पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,पार्टी सचिव एवं एमाले गण्डकी प्रदेशका ईञ्चार्ज गोकर्ण बिष्ट,स्थायी  कमिटी सदस्य खगराज अधिकारी  र एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा लगायतले सम्वोधन गरेका थिए ।


प्रतिक्रिया