ढाका – बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमनका क्रममा घातक बल प्रयोग गरेको अभियोगमा विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई मानवताविरोधी अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी) ले सोमबार सुनाएको फैसलामा हसिनासहित तत्कालीन आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई पनि गत वर्षका घटनामा दोषी ठहर गरेको छ।
गत वर्ष विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि देशव्यापी बलियो जनदबाबका कारण हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन्। संयुक्त राष्ट्रसंघका एक अनुमानअनुसार आन्दोलनका क्रममा झण्डै १,४०० जनाको मृत्यु भएको उल्लेख गरिएको छ।
अदालतको यो निर्णयसँगै बंगलादेशी राजनीतिमा ठूलो तरंग आएको छ भने अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट हेरिरहेको बताइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता