नेपालमै निर्मित विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक


काठमाडौं । नेपालमै निर्माण गरिएको विद्युतीय स्कुटर ‘सिप्रदी यात्री पी–२’ सार्वजनिक गरिएको छ।


यात्रीले आफ्नो नयाँ विद्युतीय स्कुटर पी–२ लाई तीनवटा भेरियन्टमा बजारमा ल्याएको हो। नेपाली बजारलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो स्कुटर आधुनिक डिजाइन तथा विद्युतीय प्रविधिसहित प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।


स्कुटर सार्वजनिक कार्यक्रममा यसको विभिन्न भेरियन्टबारे जानकारी दिइएको थियो।

प्रतिक्रिया