काठमाडौं, कमलपोखरी — काठमाडौंको कमलपोखरीस्थित सानदार म:म पसलमा आज बिहान ९:३० बजे ग्याँस सिलिण्डर विष्फोट हुँदा पसलमा कार्यरत ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार खाना पकाउने क्रममा ग्याँस लिक भई विष्फोट भएको अनुमान गरिएको छ। विष्फोटपछि पसलमा आगलागी समेत भएको थियो, जसलाई स्थानीय तथा दमकल टोलीले नियन्त्रणमा लिएको छ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचारका लागि लगिएको छ भने अन्यलाई नजिकैको अस्पतालमा प्राथमिक उपचार गरिएको छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२४ माघ २०८१, बिहिबार १०:४५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin