काठमाडौँ — लगातार वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै ठूलो पहिरो खस्दा सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण सडक एकतर्फी मात्र होइन, पूर्णरूपमा ठप्प बनेको हो। कार्यालयले अझै पानी परिरहेको र थप जोखिम बढ्न सक्ने भएकाले अति आवश्यक नपरेसम्म यात्रामा नजान अनुरोध गरेको छ।
यात्रा गर्नैपर्ने अवस्थामा भने सम्बन्धित निकायसँग जानकारी लिएर मात्र सुरक्षा निकायको समन्वयमा अघि बढ्न चालक तथा यात्रुलाई आग्रह गरिएको छ।
यसैबीच, मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलानजिक खसेको पहिरो भने हटाइएको सडक डिभिजनले जानकारी दिएको छ।
१८ असोज २०८२, शनिवार ०८:०९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार