जन्ती बाेकेकाे बस दुर्घटना


 ६ जनाको मृत्यु भएको प्रहरीको भनाई !

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किदै गरेको अबस्थामा बढ्गाउँ मोडबाट बस दुर्घटनामा परेको हो । बैतडी प्रहरी प्रमुख दिपक कुमार रायका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरण छ । पवनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको र पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।थप टिपोट:-ऐ.२१:१० बजेको समयमा १८ जना महिला र २७ जना पुरुष गरि जम्मा ४५ जनालाई उ*द्धार गरेका घाई*तेहरुलाई उपचारको लागि स्वास्थ्य चौकी कोटिलाको लागि पठाईएको ।

मृ*त*कहरुको नामावली:-

जिल्ला बझाङ बित्थडचिर गा.पा वडा नं. ०७ बस्ने वर्ष ४० को केशब राज जोशी

ऐ.ऐ.बस्ने वर्ष १३ को अशोक राज जोशी 

ऐ.ऐ.बस्ने वर्ष ३५ को बसन्त जोशी

ऐ.ऐ.बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी(उपचारको क्रममा)

ऐ.ऐ.बस्ने वर्ष ४२ को नरेश राज जोशी(उपचारको क्रममा)

ऐ.केदारस्यु गा.पा   बस्ने वर्ष ६० को मोहन देव भट्ट

ऐ.जयपृथ्बी न.पा ०७ बस्ने वर्ष ४० को बसन्त राज रतला

जिल्ला बैतडी पुर्चौडी न.पा ०७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी

प्रतिक्रिया