काठमाडौं, – नेपाल विद्युत् प्राधिकरण (NEA) ले उद्योगहरूको बिजुली न काट्ने निर्णय गरेको छ। बुधबार सम्पन्न प्राधिकरणको सञ्चालक समितिको बैठकमा यस निर्णयलाई स्वीकृति दिइएको हो।
यस निर्णयको पृष्ठभूमिमा विद्युत् नियमन आयोगले उद्योगहरूको बक्यौता असुली गर्नका लागि लाइन कटौती गर्न निर्देशन दिएको थियो। आयोगले हालै तयार गरेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदनको कार्यान्वयन गर्न प्राधिकरणलाई आवश्यक निर्देशन दिएको छ।
यद्यपि, बोर्डको बैठकमा दुई सञ्चालक, कपिल आचार्य र भक्तबहादुर पुनले उक्त निर्णयप्रति फरक मत राखेका थिए।
नेपाल विद्युत् प्राधिकरणले एक महिना अघि उद्योगहरूले बक्यौता नतिरेको आधारमा बिजुली काट्ने निर्णय गरेको थियो। तर, नियमन आयोगको पछिल्लो निर्देशनपछि प्राधिकरणले उक्त निर्णयलाई स्थगित गरेको हो।
१३ मङ्सिर २०८१, बिहिबार १०:०२ मा प्रकाशित