बागमती पशुपति भूमी अपराधिक थलो होईन् ।
देशमा प्रजातन्त्र कोहि अंगीकृतले ल्याएको रे
१० वर्षे जनयुद्ध पश्चात् आएको गणतन्त्र अंगीकृतले ल्याएको रे
हाम्रा सहिद पनि सायद अंगीकृतले बनाएको हुनुपर्छ अहिलेको परिवेशमा चलेको चर्चा यस्तै छ । न संविधान हाम्राले लेखेका भए न त हामीलाई छुट्याउने अंगीकृत र वंशज नै हाम्रा कुरा भए । हामी त यो देशको कुनै सार नभएको जनता हुन नसकेको जीव मात्र भए जस्ले कुनै योगदान दिएकै छैन् जुन कैलाश सिरोहियाको गिरफ्तारी पछि सञ्चार माध्यमले बहस गरे जुन सत्य हो कि भन्दै मौन नै रहे । विभिन्न कलाकार लगायत अन्य राजनीतिज्ञहरुले त्यसलाई स्विकार्य कुरा पनि गरे । राज्यले सञ्चारमाथी हमला भन्दै सबै चिच्याए । जात वर्ग र धर्ममा बिभाजित नेपाली समुदाय सर्पको लडाई बुझ्न बुझाई पुगे जबकी सबैलाई ज्ञात भएको कुरा अपराध गरेपछी सजाय हुन्छ त्यो भोग्नुपर्छ । तर त्यही कुरालाई अन्तै मोड्न सकिन्छ सोचको हावी र दावीले कैलाश सिरोहियालाई पत्रकार भनिईयो अर्को गृहमन्त्रीले प्रतिशोध लिएको तुच्छ विचार सार्वजनिक छन् । यी विचारहरुलाई विश्लेषण गर्ने हो भने एक त व्यापारी अर्को नागरिक किर्तेवाला । अब रह्यो गृहमन्त्रीले लिएको प्रतिशोध लिएको भनिएको सवालमा अदालतलाई आरोपित बनाउनुपर्नेमा नेपाली मिडियाले रबि लामिछानेलाई दोषी देखे । यस्ता यस्ता भ्रामिक समाचार सम्प्रेषणले गर्दा नेपाल भारतकै उपनिवेश हो कि शंका जन्माउँछ । कान्तिपुर मिडियाले राज्यको सम्पदा संस्कृतिमाथी कहिल्यै समाचार सम्प्रेषण गर्नुपर्छ सत्यतथ्य लेख्नुपर्छ कहिल्यै सोचिएनन् । आम नेपालीहरुले पाउनुपर्ने सूचनाको हकबाट बन्चित गरेका छन् तरपनी कसैले केही लेखिएनन् । आज व्यापारीले चोरी किर्ते गरेका सम्बन्धमा अनेक हंगामा गरेका छन् । यसको अर्थ दासत्वमै नेपाली रमेका छन् । पिजडा कैद सुगा झै आम नेपालीको हालत छ । जे देख्यो त्यो नलेख, जे सुन्यो त्यो नबुझ भन्दै सत्यको लागि कहिल्यै केहि नगर कान्तिपुरले सिकाएका छन् । फलत: बाउ अंगीकृत हुँदा नि छोरा बंशज हुँदा त्यसको प्रतिकार गर्नेलाई अपराधी करार गर्न खोजिएका छन् ।
अन्तमा, गृहमन्त्रीसँग पनि दुइटा पासपोर्ट छन् । उनी सहकारी मुद्दा मुछिएका छन् । सत्य हुनसक्छ तर यसको अर्थ कैलाश सिरोहिया बंशज नागरिक होईन् भन्ने मनस्थिति किन नेपालीले बनाउन सकेनन् । अदालतले पक्राउ पुर्जी जाहेर गरेको यथार्थता पनि बुझ्न नसक्नु साथै ठुलावडाको दर्जा राखी कोहि व्यापारीलाई अपराध गर्न छुट दिने नेपाली समाज गुलाम नै हुन् कि ? प्रश्न यसरी जन्मेको बेला यदि गृहमन्त्री पनि अपराधी नै हुन् भने बिग्रेको घडिले त दुइचोटी सहि समय बताउँछन् भने उसको पनि दिन आउँछ नै । त्यसको फैसला पनि नेपाली जनताले लेख्छन् नै । तर अहिले अवस्थामा अपराधीलाई सामाजिक बहिस्कार गर्ने हाम्रो अठोट चाहिँ हुनुपर्छ । विशेषगरी नेवा: भूमीमा अपराध स्विकार्य छैन् नेवा: समुदायले भन्न सक्नुपर्छ । पवित्र बागमती पशुपति भूमीलाई अपराधिक थलो बनाउन दिनुहुन्न ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर