रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता, नयाँ शक्ति निर्माणबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ। भेटवार्ता रास्वपाका नेता असीम साहको काठमाडौंको कमलादीस्थित निवासमा भएको हो।


भेटमा समसामयिक राजनीतिक अवस्था, सुशासन, तथा वैकल्पिक राजनीतिक शक्तिको निर्माणबारे छलफल भएको बताइएको छ। स्रोतका अनुसार देशमा नयाँ राजनीतिक शक्ति निर्माण गर्न मिलेर अगाडि बढ्ने विषयमा उनीहरूबीच विचार–विमर्श भएको हो।


यद्यपि भेटवार्तामा के–कस्ता सहमति वा ठोस निर्णय भए भन्नेबारे आधिकारिक रूपमा दुवै पक्षले केही खुलाएका छैनन्। पछिल्लो समय वैकल्पिक राजनीतिका पात्रहरूबीच संवाद बढिरहेको सन्दर्भमा यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


प्रतिक्रिया