नेपालको टेलिभिजन इतिहासमा नयाँ किसिमको कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ चाँडै प्रसारणमा आउने भएको छ। यो शो कमेडियन दिनेश काफ्लेको कन्सेप्ट र निर्देशनमा तयार हुँदैछ। दक्षयानी प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो शोमा क्यारिकेचर कमेडियनहरू सहभागी हुन पाउनेछन्।
हाल सेट डिजाइनको काम भइरहेको शोका निर्देशक काफ्लेले भने, “शो पूर्णतः मिमिक्रीमा आधारित हुनेछ, जुन नेपालका लागि बिल्कुलै नयाँ र रमाइलो फर्म्याट हुनेछ।” शो आगामी फागुनभित्र प्रसारणमा ल्याउने लक्ष्य राखिएको छ। शोका डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ। अडिसन चाँडै खुल्ने काफ्लेले शोको तयारी तीव्र भइरहेको जानकारी दिँदै भने, “हामी अहिले स्टुडियोको निर्माणमा व्यस्त छौं। सबै तयारी पूरा भएपछि छिट्टै डिजिटल अडिसन खुलाउनेछौं।”
विशेष विशेषताहरू:
•शोमा तीन निर्णायक रहनेछन्।
•प्रतियोगीहरूलाई सघाउन एक विशेष मिमिक्री कोच रहनेछन्।
•अभिनय र मिमिक्री गर्ने प्रतिभावान प्रतिस्पर्धीहरूलाई लक्षित गरी निर्णायक टिम बनाइनेछ।
मिमिक्री कमेडीलाई केन्द्रमा राखेर तयार पारिएको यो शोले नेपाली मनोरञ्जन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। दर्शकहरूले अब टेलिभिजनमा फरक र सृजनात्मक शोको मज्जा लिन पाउनेछन्